काईनेटिक ढुङगा बिक्री गर्न हिँडेका सुरत पक्राउ

काठमाडाैं | बैशाख २३, २०७९

काईनेटिक ढुङगा बिक्री गर्न हिँडेका सुरत पक्राउ

जाजरकोट:  अवैध रुपमा विक्रीका लागि लैजाँदै गरेको काईनेटिक ढुङगा सहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्लाको जुनीचाँदे गाउँपालिका– ६ गर्खाकोटका २२ वर्षीय सुरत सिंहलाई पक्राउ गरिएको जनाएको छ ।

 

प्रहरी चौकी छेडाबजारले सवारीसाधन चेकजाँच गर्ने क्रममा शिवालय गाउँपालिका– १ छेडाबजारमा प्लास्टिक झोला भित्र काईनेटिक ढुङगा (पत्थर) नौ किलोग्राम पाँच सय ग्राम बरामद गरि युवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो । 

 

कर्णाली प्रदेश ०२००१ च ०४९६ नम्वरको बोलेरो पिकअप जीपमा सवार युवालाई कार्वाहीको लागि खानी तथा भुगर्व विभाग अन्तर्गत पठाईएको प्रहरीले जनाएको छ । जाजरकोटको जुनिचाँदे र कुशे गाउँपालिकामा वहुमुल्य पत्थरखानीहरु प्रसस्तै मात्रामा पाइने गरेको स्थानीयबासीको भनाई छ ।

पोखरा ।   सञ्चारिका समूह गण्डकीको अध्यक्षमा राधिका कडेल निर्वाचित भएकी छन् ।    पोखरामा सम्पन्न सतौँ महाधिवेशनले कँडेलको नेतृत्वमा नयाँ  कार्यसमिति निर्वाचित गरेको हो ...

थप पढ्नुहोस्

पोखराः   पोखरामा जारी २१ औं फेवा नव बर्ष महोत्सव २०८३ को दोश्रो दिन सोमबार लेकसाइडमा आयोजित पर्यटक दौड प्रतियोगितामा क्यानडाका दिरेक मिलरोइ प्रथम भएका छन् । यसैगरी स्पेनका अड्रिया फेरर द्वितीय भए भने अष्ट्...

थप पढ्नुहोस्

पोखरा:  राष्ट्रिय हेमजा आलु महोत्सवको चौथों दिन सोमबारसम्म त्यहाँ १३ लाख बढीको आलु कारोबार भएको छ ।   महोत्सव मध्येतिर आउँदा त्यहाँ दर्शक सहभागिता पनि बढ्दै गएको छ । शनिबार र आइतबार सार्वजनिक ...

थप पढ्नुहोस्